Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको नारी विशेष अफर

मुक्तिनाथ विकास बैंकको नारी विशेष अफर


काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले नारी विशेष अफर सुरु गरेको छ । बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ सुरु गरेको हो । यस अफरअन्तर्गत फागुन १६,गते देखि फागुन २३ गतेसमम मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यही अफर समय अवधि (फागुन १६ गतेदेखि फागुन २३ गतेभित्रमा दिनुपर्नेछ ।

यस नारी विशेष अफर साथै ग्र्राहकले निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्नेछन् । समपूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटर्वकअन्तर्गतकोजुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया