Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति लाइफको ६६ करोड रुपैयाँको साधारण सेयर यही फागुन २३ गतेबाट

ज्योति लाइफको ६६ करोड रुपैयाँको साधारण सेयर यही फागुन २३ गतेबाट


काठमाडौं ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यही फागुन २३ गतेबाट ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही फागुन २८ गते र ढिलोमा चैत्र आठ गते बन्द हुनेछ ।

बिक्री गरिने कुल सेयरमध्येमा कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता, सामूहिक लगानी कोषको लागि पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री हुनेछ  । अधिकृत पुँजी तीन अर्ब र जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँ कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया