Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा

राष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा


काठमाडौं ।
राष्ट्रिय बीमा संस्थानले काठमाडौँको चाबहीलमा १७औँ र भक्तपुरको सूर्यविनायकमा १८औँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहिल शाखाको सोमबार काठमाडौँ महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डंगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्तरूपमा उद्घाटन गरेका थिए । चाबहिल शाखाको उद्घाटन गर्दै अध्यक्ष डंगोलले सो क्षेत्रमा बीमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गरे ।

चाबहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रीय कार्यालयसम्म पुगिरहन नपर्ने उनले बताए । संस्थानका प्रशासन कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौँथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताए । नेपाली बीमा बजारमा आफ्नो हिस्सा क्रमशः बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाइ थियो । कार्यक्रममा चाबहिल शाखाबाट बीमा गर्नेहरूलाई बीमालेख हस्तान्तरण गरिएको थियो ।

यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मंगलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्तरूपमा गरेका हुन् । मेयर थापाले संस्थानलाई स्थानीय निकायमा शाखा सञ्जाल विस्तार गर्न आग्रह गर्दै यसका लागि जनप्रतिनिधिको सहयोग रहने बताए । संस्थानको काठमाडौँको कलंकीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिटै कारोबार सुरु हुन लागेको संस्थानले जनाएको छ । योसँगै संस्थानको उपत्याकाभित्र शाखा संख्या चार पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया