Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमेगा बैंकाद्वारा गोलभेँडा उत्पादक कृषकहरूलाई सहुलियत कर्जा

मेगा बैंकाद्वारा गोलभेँडा उत्पादक कृषकहरूलाई सहुलियत कर्जा


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले गोलभेँडा उत्पादक कृषकहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौँ उपत्यका र आसपासका गोलभेँडा उत्पादक कृषकहरूलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार, कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । दोस्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरूलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ । इच्छुक कृषकहरूले आवश्यक काजगात पेश गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउनेछ ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अवस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकहरूको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मदत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने मेगा बैंकको विश्वास छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया