कैलाश विकास बैंकले बोनस सेयर दिने
काठमाडौं, पुस २७
कैलाश विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शुक्रबार २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष नारायण पौडेलका अनुसार सेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारणसभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र दुई दशमलव ७७ प्रतिशत नगद लाभांश गरी जम्मा १८ दशमलव ७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
प्राइम कार्सियल बैंकसँग समाहित (एक्युजिसन) को चरणमा रहेको उक्त बैंकले, समाहित (एक्युजिसन) हुने प्रस्तावका साथ साथै, कैलाश विकास बैंकको एक सय कित्ता सेयर वापत प्राईम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता सेयर हुने गरी अर्थात एक दशमलव शून्य दशमलव ९४ को स्वाप रेसियो पनि पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
हाल एक सय दुईवटा शाखा र ४०वटा एटीएममार्फत देशभरि वित्तीय सेवा विस्तार गरेको बैंकको चुक्ता पुँजी झण्डै तीन अर्बको हाराहारीमा पुगेको छ । बैंकले हालसम्म ३४ अर्ब निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया