Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा बीमादाबी रकम हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा बीमादाबी रकम हस्तान्तरण


काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले बीमादाबी रकम हस्तान्तरण गरेको छ । बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जाअन्तर्गतको लघु अमृत म्यादी बीमा योजनामा पर्नआएको मृत्यु हकदाबी बीमाबापतको रकम हस्तान्तरण गरिएको हो । बैंकका अनुसार सोबापत छ लाख सात हजार पाँच सय रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको छ ।

थाहा न. पा. वडा नं. १० का स्व. विष्णु मगर र थाहा न. पा, वडा नं. १ निवासी स्व. देगुमाया बलामीको मृत्यु हकदाबी बीमाबापतको रकमबराबरको चेक क्रमश पाँच लाख २५ हजार हकवाला कल्पना घर्ती र ८२ हजार पाँच सय रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायब प्रबन्धक जोनश शर्माद्वारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्न वर्ग कर्जाअन्तर्गत लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रस्ट पारेका थिए ।

त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी तथा नायब प्रबन्धक जोनश शर्माले स्थानीय कृषकहरूले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरूलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरूको हातमा पु¥याए मात्र गाउँको विकास हुने कुरा प्रस्ट पारेका थिए । उक्त कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको रहेको बैंकले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया