Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र ल्यान्डमर्क फुड्सबीच सम्झौता

कुमारी बैंक र ल्यान्डमर्क फुड्सबीच सम्झौता


काठमाडौं ।
कुमारी बैंक लिमिटेड र जावलाखेलस्थित ल्यान्डमर्क फुड्सबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई सेवाहरूमा कुमारी बैंकका डेबिट, क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको हो ।

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा ऊर्जा पुनर्र्जागरणका लागि विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरीया जीवनको व्यस्तताबाट राहतको लागि सो रेस्टुरेन्टको विभिन्न सेवाहरूमा बैंकका डेबिट, क्रेडिट कार्डवाहकहरूलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

सम्झौतामा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा ल्यान्डमर्क फुड्स तर्फबाट संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुटसम्बन्धी सम्झौता गरिएको हो । सो सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकवर्गले ल्यान्डमर्क फुड्सका विभिन्न खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ९३ शाखा सञ्जाल, एक सय ६५ वटा एटीएम, २६ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे छ । आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया