एनएमबी बैंकका अध्यक्ष गोल्याणद्वारा सपथ ग्रहण
काठमाडौं, पुस २८
एनएमबी बैंकका सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणले सपथग्रहण गरेका छन् । गोल्याणलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्षको रूपमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुुन् । यही २०७६ पौष २४ गते, बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा सम्पन्न एनएमबी बैंक लिमिटेडकोे २४औं वार्षिक साधारणसभाले गोल्याणलाई संस्थापक सेयरधनीको प्रतिनिधि चयन गरेको हो । हाल एनएमबि बैंकको सञ्चालक समितिमा अध्यक्ष पवनकुमार गोल्याण, एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी सञ्चयकोषको तर्फबाट संस्थापक सेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण सेयरधनीबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिपराज पाण्डे रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया