Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २६ सय ३७ बिन्दुमा, सातामा ३३ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिदबिक्री

बजार परिसूचक २६ सय ३७ बिन्दुमा, सातामा ३३ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २६ सय ३७ दशमलव १३ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७३ दशमलव चार बिन्दुमा पुगेर रोकिएको छ ।

यस साता धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ९९ हजार एक सय १८ पटकको कारोबारमा सात करोड ५६ लाख चार हजार आठ सय ९५ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ३३ अर्ब ९६ करोड ९२ लाख ३३ हजार दुई सय २३ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रुपैयाँले बढी हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय २० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ५१ हजार तीन सय २२ पटकको कारोबारमा पाँच करोड ६५ लाख ८८ हजार दुई सय ९४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २७ अर्ब ३३ करोड १६ लाख ७० हजार पाँच सय ४५ रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन बजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक ओरालो लागेको थियो ।

सोमध्ये पहिलो दिन बजार परिसूचक ५४ अंकले उकालो लागेर २६ सय ६५ दशमलव १० बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७८ बिन्दुले उकालो लागेर चार सय ७७ दशमलव ८१ बिन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक १२ दशमलव ३५ अंकले ओरालो लागेर २६ सय ५२ दशमलव ७५ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ बिन्दुले ओरालो लागेर चार सय ७५ दशमलव १२ बिन्दुमा झरेको थियो ।

तेस्रो दिन भने बजार परिसूचक एक दशमलव ९४ अंकले उकालो लागेर दुई हजार छ सय ५४ दशमलव ६९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३२ अंकले उकालो लागेर चार सय ७५ दशमलव ४४ बिन्दुमा चढेको थियो ।

चौथो कारोबार दिन भने बजार परिसूचक पाँच दशमलव नौ अंकले ओरालो लागेर दुई हजार छ सय ४९ दशमलव ६० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ८१ बिन्दुमा झरेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक १२ दशमलव ४७ अंकले ओरालो लागेर दुई हजार छ सय ३७ दशमलव १३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७७ अंकले ओरालो लागेर चार सय ७३ दशमलव चार बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंकलगायतका कम्पनीहरू परेका छन् ।

सातामा छवटा कम्पनीहरूको सेयर सूचीकृत : नेप्सेका अनुसार यो साता छवटा कम्पनीहरूको बोनस तथा साधार सेयर सूचीकृत भएका छन् । जसअनुसार रुरु जलविद्युत् कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर सूचीकृत भएको छ भने सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको चार दशमलव ७५ प्रतिशत अर्थात् तीन लाख ३२ हजार पाँच सय कित्ता बोनस सेयर नियमित कारोबारका लागि सूचीकृत भएको छ ।

यसैगरी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको पनि २० प्रतिशतको अनुपातमा एक लाख ५३ हजार चार सय २३ दशमलव ६० कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यसै साता एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको पनि दुई दशमलव ८५ प्रतिशतको अनुपातमा तीन लाख २२ हजार आठ सय १४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाको पनि मर्जरपश्चात् कायम भएको सेयर सूचीकृत भएको छ । यसबाहेक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको पनि पाँच प्रतिशतको अनुपातमा १० लाख ७७ हजार पाँच सय ६९ कित्ता बोनस सेयर नियमित कारोबारको लागि नेप्सेमा सूचीकृत भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया