Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तले ग्राहकहरूलाई ब्याजमा छुट दिने

एनआईसी एसिया लघुवित्तले ग्राहकहरूलाई ब्याजमा छुट दिने


काठमाडौं  ।
एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहलाई कर्जाको ब्याजमा छुट दिने भएको छ । हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ । वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटनलगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको अवस्थामा संस्थाले ग्राहकहरूलाई कर्जाको ब्याजमा छुट दिने घोषणा गरेको हो ।

आफ्ना ग्राहकहरूको अप्ठ्यारो समयको साथी यस वित्तीय संस्थाले अप्ठ्यारोमा सदा आफ्नो सहयोगी हात बढाउने परम्परालाई निरन्तरता दिँदै आएको छ । यसैअनुरूप आफ्ना सेवाग्राहीहरूलाई यस असहज परिस्थितिमा केही मात्रामा भए पनि सहयोग गर्ने अभिप्रायले २०७८ वैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम (सावाँ र ब्याज) वैशाख २४ गतेदेखि ३१ गतेसम्ममा बुझाउनु भएमा सम्बन्धित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना वैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।

सोही योजनाअनुसार बक्यौता तिर्ने एक सय ७९ शाखा कार्यालयहरूका चार हजार छ सय ७६ ऋणी सदस्यहरूले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाई यस योजनामा सहभागिता जनाएको संस्थाले जानकारी दिएको छ । साथै उनीहरूले यस योजनामा सहभागी भएबापत ब्याजमा जम्मा १५ लाख १८ हजार दुुई सय दुुई रुपैयाँ पाएको जानकारी पनि संस्थाले दिएको छ । संस्थाका अनुसार ग्राहकहरूको ब्याज छुट रकम सम्बन्धित ऋणीको बचत खातामा जम्मा गरिसकेको छ ।

वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्थाप्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा दुुई सय ४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखिएको छ ।

गत त्रयमासको अन्त्य (चैत्र, २०७७) सम्ममा वित्तीय संस्थाले कुल एक लाख ३५ हजार एक सय ९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । छोटो अवधिमै राष्ट्रियस्तरको अग्रणी लघुवित्त संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ ।

‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुनेछ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा पनि सोहीअनुरूप कार्य गर्नेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया