Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफद्वारा एक करोड रूपैयाँभन्दा बढीको मृत्युुदाबी भुक्तानी

नेशनल लाइफद्वारा एक करोड रूपैयाँभन्दा बढीको मृत्युुदाबी भुक्तानी


काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्युदाबी भुक्तानी गरेको छ । स्व. पदमराज पन्तले सन २०२१ फेब्रुअरी २२ मा ७० लाख रूपैयाँबराबरको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृत सावधिक जीवन बीमा लेख खरिद गरेका थिए ।

तर सन २०२१ मार्चमा पन्तको जिप दुुर्घटनाको कारणबाट मृत्यु भएकोले कम्पनीले बीमादाबीबापत एक करोड २४ लाख ४८ हजार रूपैयाँ स्व. पन्तको इच्छाइएको व्यक्ति निजको श्रीमती बिमलादेवी पन्तलाई भुक्तानी गरेको हो । उक्त रकम शैल्य शिखर नगरपालिकाका नगरप्रमुख अमर सिंह धामीको प्रमुख आतिथ्यमा कम्पनीको डडेलधुरा शाखा प्रमुखले चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३२ करोड २५ लाख ७० हजार सात सय २९ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ३१ करोड ५६ लाख २१ हजार तीन सय ४९ रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार दुई सय तीन रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १२ रूपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३२ रूपैयाँ एक पैसा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया