Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने


काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलमार्फत सात वर्ष अवधिको आठ प्रतिशत ब्याजदर कायम रहेको नबिल डिवेञ्चर २०८५ जारी गर्न लागिएको बैंकले जानकारी दिएको छ ।

यही साउन १० गतेबाट खुला हुुने ऋणपत्रको बिक्रीकार्य छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते बन्द हुुनेछ । खरिदकर्ताहरूले भने न्यूनतम २५ कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार प्रतियुनिट एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागिएको हो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया