Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक दुई हजार आठ सय १२ दशमलव ३८ बिन्दुमा

बजार परिसूचक दुई हजार आठ सय १२ दशमलव ३८ बिन्दुमा

सातामा ३८ अर्ब ३१ करोड ७८ लाख रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौँं । यस साता सेयर बजार परिसूचक दुई हजार आठ सय १२ दशमलव ३८ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २५ दशमलव ७८ बिन्दुुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख ३९ हजार तीन सय ६५ पटकको कारोबारमा सात करोड चार लाख ४७ हजार सात सय १७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार सात सय १६ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा घटी हो ।

गत साता भने साता धितोपत्र बजारमा दुुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार चार लाख ७२ हजार पाँच सय ८० पटकको कारोबारमा आठ करोड ६७ लाख आठ हजार आठ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार पाँच सय १० रुपैयाँ पुुगेको थियो ।यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिनहरूको ओरालो लागेको थियो ।

सोमध्ये पहिलो दिन बजार परिसूचक ७१ दशमलव ४३ अंकले उकालो लागेर दुई हजार नौ सय ४७ दशमलव ४२ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव तीन अंंकले उकालो लागेर पाँच सय ४८ दशमलव २९ बिन्दुमा चढेको थियो । दोस्र्रो दिन पनि बजार परिसूचक शून्य दशमलव २७ अंकले उकालो लागेर दुुई हजार नौ सय ४७ दशमलव ६९ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५५ अंंकले उकालो लागेर पाँच सय ४८ दशमलव ८७ बिन्दुमा चढेको थियो । तेस्रो दिन भने बजार परिसूचक १८ दशमलव ५४ अंकले ओरालो लागेर दुुई हजार नौ सय २९ दशमलव २८ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ बिन्दुले ओरालो लागेर पाँच सय ४५ दशमलव ६६ बिन्दुमा झरेको थियो । चौथो दिन पनि बजार परिसूचक ४० दशमलव २६ अंकले ओरालो लागेर दुई हजार आठ सय ८९ दशमलव तीन बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १६ अंकले ओरालो लागेर पाँच सय ३८ दशमलव ५० बिन्दुमा झरेको थियो । पाँचौँ दिन पनि बजार परिसूचक ७६ दशमलव ६५ अंकले ओरालो लागेर दुई हजार आठ सय १२ दशमलव ३८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ७३ अंकले ओरालो लागेर पाँचसय २५ दशमलव ७८ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया