Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको शाखा प्युठान जिल्लाको विजुवारमा

कृषि विकास बैंकको शाखा प्युठान जिल्लाको विजुवारमा


काठमाडौं । कृषि विकास बैंकले प्युठान जिल्लाको विजुवारमा पनि शाखा खोलेको छ । बैंकका अनुसार विजुवार शाखाको औपचारिक समुदघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिबाट संयुक्तरूपमा समुदघाटन सम्पन्न भएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले नुनदेखि सुनसम्मको कारोबार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकारसमक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताए । नगरप्रमुख कक्षपतिले स्थापना कालदेखि सर्वसाधारणले रुचाएको स्थापित पुरानो सरकारी बैंक कृषि विकास बैंकले प्रतिस्पर्धी बैंकहरूको भीडमा जनताको भावाना र चाहानाबमोजिम आफूलाई परिवर्तित गर्दै लैजानुपर्नेमा जोड दिए । त्यसैगरी कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताव सुवेदीले बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी गराए ।

स्थानीयहरूको व्यापक सहभागिता रहेको उक्त उदघाटन कार्यक्रममा कृषि विकास बैंक प्रदेश कार्यालय नेपालगञ्जका निर्देशक गिरिराज रेग्मी, प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष लक्ष्मी प्रकाश भण्डारी, प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपति, होटल व्यवसायी संघ प्युठानका अध्यक्ष गजबहादुर थापा, निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष पशुपति नारायण नकर्मी, कृषि विकास बैंक लिशाखा खलंगा र शाखा भृगीका कर्मचारीहरूको सहभागिता समेत रहेको थियो । कार्यक्रम सञ्चालन शाखा प्युठान (खलंगा)का प्रबन्धक नरेश सुवेदीले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया