Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउपकार लघुुवित्तले कमायो ४१ लाख ३५ हजार

उपकार लघुुवित्तले कमायो ४१ लाख ३५ हजार


काठमाडौं । उपकार लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४१ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुुई करोड २६ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार करोड २० लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८३ करोड ४१ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९० करोड ५२ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड आठ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ९४ लाख ५२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ७१ करोड १६ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २३ करोड ६६ लाख ४६ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ३० लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३३ करोड ६९ लाख ३० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया