Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरल र नेपाल पर्यटन बोर्डबीच सम्झौता

आईएमई जनरल र नेपाल पर्यटन बोर्डबीच सम्झौता


काठमाडौं  । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरूको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा सवारीसाधनहरूसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ । उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्यातीप्राप्त बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्नेगरी सम्झौता गर्न पाएकोमा आफूलाई खुशी लागेको जानकारी गराए ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल सरकार र प्राइभेट सेक्टरको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनको लागि कार्य गर्ने नेपालको एक मात्र संस्था नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा खुशी लागेको र यसको लागि प्रमुख कार्यकारी अधिकृतलगायत पर्यटन बोर्डका सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे ।

त्यसैगरी श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरूलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सातवटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकहरूलाई बीमा सेवा प्रदान गरिरहेको र कम्पनीले नयाँ–नयाँ बीमा सेवा सुरु गरी सरल बीमा र सहज दाबी भुक्तानीमा विशेष ध्यान दिइरहेको व्यहोरा जानकारी गराए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया