Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसप्तकोशी डेभलपमेन्ट बैंकले छ महिनामा कमायो तीन करोड

सप्तकोशी डेभलपमेन्ट बैंकले छ महिनामा कमायो तीन करोड


काठमाडौं, माघ १९
सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड चार लाख सात हजार नौ सय ८८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड ५० लाख ७४ हजार पाँच सय ८२ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ७८ करोड ११ लाख ११ हजार सात सय २८ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ७६ करोड ९९ लाख ९४ हजार चार सय ३९ रुपैयाँ निक्षेप संंकलन गरी दुई अर्ब ६५ करोड १० लाख २८ हजार दुई सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ११ करोड आठ लाख ९५ हजार ३४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले दुई अर्ब ५६ करोड १८ लाख छ हजार एक सय ३८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५३ करोड ४१ लाख ३३ हजार चार सय ८७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ९४ लाख ८८ हजार एक सय ५८ रुपैयाँ रहेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया