Techie IT
×
गृहपृष्ठbreakingशेयर बजार परिसुचक २९ सय २६ बिन्दुमा

शेयर बजार परिसुचक २९ सय २६ बिन्दुमा


काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । साताको सुरुवाती कारोवार दिन आज आईतबार बजार परिसुचक ६९ दसमलव अंकले उकालो लागेर २९ सय २६ दसमलव ७४ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दसमलव ८१ अंकले उकालो लागेर पाँच सय ४२ दसमलव ४३ बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको शेयर खरिद बिव्रmी भएका छन् । जसअन्तर्गत एक लाख एक हजार पाँच सय ८९ पटकको कारोवारमा एक करोड ८२ लाख ५४ हजार चार सय २५ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आाधारमा आज कुल शेयर कारोवार रकम नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया