Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी लघुवित्तको नाफा नौ करोड २४ लाख

लक्ष्मी लघुवित्तको नाफा नौ करोड २४ लाख


काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौ करोड २४ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संंस्थाको यस्तो नाफा नौ करोड चार लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्ब २९ करोड ७५ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब १२ करोड ५२ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड १७ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ७३ लाख छ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ५८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ८७ करोड ८६ लाख तीन हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५० करोड २४ लाख ३९ हजार रूपैैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ७२ लाख ८३ हजार रुपैयाँ रहेको संस्थामा चार दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया