सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकका अनुसार यो योजना २०७८ फागुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा दुई प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम पाँच सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन । क्यास ब्याकवापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिने बैंकले जानकारी दिएको छ ।
ग्राहकहरूले प्ले स्टोर वा एप स्टोरबाट सानिमा सजिलो ई–बैंकिङ एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन् । बैंकको देशभर सातै प्रदेशमा गरी एक सय २३ वटा शाखा कार्यालय तथा एक सय तीन वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया