Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल रेमिटको ‘नेपाल भर एउटै दर’ योजना

नेपाल रेमिटको ‘नेपाल भर एउटै दर’ योजना


काठमाडौं, फागुन ४
नेपाल रेमिटले लोकल रेमिट्यान्स सेवाको सुरुवात गरे सँगैं नेपाल भर एउटै दर भन्ने नयाँ अफर पनि सुरु गरेको छ । यस अन्र्तगत ग्राहकले नेपालको कुनै पनि ठाउँबाट अर्को ठाउँमा एउटै दरमा पैसा पठाउन सक्नेछन । यस भन्दा पहिलो कुनै पनि रेमिट्यान्सबाट पैसा पठाउँदा एउटै जिल्लाभित्र बाहेक अर्को जिल्लामा पैसा पठाउँदा फरकफरक शुल्क तिर्नुपर्दथ्यो ।

अझै पनि नेपाल रेमिट बाहेक अन्य रेमिट्यान्स कम्पनीहरुले अन्तर जिल्ला र एउटै जिल्लामा पैसा पठाउँदा फरक फरक शुल्क लिने गरेका छन । यसको साथै अन्य रेमिट्यान्सको तुलनामा नेपाल रेमिटले न्यून शुल्कमै लोकल रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आइरहेको छ । नेपाल रेमिटको देशभर छरिएर रहेको आठ हजार भन्दा बढी कुनैपनि एजेन्टको अफिसबाट सबैले यो अफरको फाइदा उठाउन सक्ने जानकारी दिँदै कम्पनीले आगामी दिनहरूमा रेमिट्यान्स सेवालाई सस्तो, सरल, सहज र सुरक्षित बनाउने नेपाल रेमिटको योजना रहेको बताएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया