Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्सको नाफा १७ करोड ३४ लाख

सिद्धार्थ इन्स्योरेन्सको नाफा १७ करोड ३४ लाख


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड ७४ हजार रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी एक अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ११ रुपैयाँ ३२ पैसा छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया