Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमहुली लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा सात करोड ६३ लाख

महुली लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा सात करोड ६३ लाख


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड ६३ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ६८ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २८ करोड ८२ लाख ६९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ५४ करोड ४४ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २४ करोड ५१ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड ३० लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ६९ लाख ४५ हजार रुपैयाँ रहेको छ । सो अवधिमा दुई दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव ८५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २६ करोड ५५ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २२ करोड १० लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ८७ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई लाख २८ हजार रुपैयाँ प्रोभिजन रकम रहेको थियो । उक्त अवधिमा दुई दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थामा आठ दशमलव ९६ प्रतिशत स्प्रेड दर रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया