Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहुली लघुवित्तको नौ महिनाको नाफा सात करोड ६३ लाख

महुली लघुवित्तको नौ महिनाको नाफा सात करोड ६३ लाख


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिना अर्थात् तेस्रो त्रैमासिक अवधिमा सात करोड ६३ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले छ करोड ६८ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी २८ करोड ८२ लाख ६९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ५४ करोड ४४ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २४ करोड ५१ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड ३० लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ६९ लाख ४५ हजार रुपैयाँ रहेको छ । सो अवधिमा दुई दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव ८५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २६ करोड ५५ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २२ करोड १० लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ८७ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई लाख २८ हजार रुपैयाँ प्रोभिजन रकम रहेको थियो । उक्त अवधिमा दुई दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थामा आठ दशमलव ९६ प्रतिशत स्प्रेड दर रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया