Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्ट्यान्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ प्रदान

स्ट्यान्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ प्रदान


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ३० दशमलव ३६ लाख रुपैयाँ (यूएस डलर २५,०००) सहयोग प्रदान गरेको छ । किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरूलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरूबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना सातवटै प्रदेशहरूका १० सामुदायिक कलेजहरूमा एक सयभन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरूका लागि लक्षित रहनेछ र यसको कार्यान्वयन पक्षमा सेक्वेल फाउन्डेसनले जिम्मा लिएको छ । यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल ‘फ्युचर्स मेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’सँग मिल्दोजुल्दो छ ।

सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ प्रमुख सुश्री प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सीईओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘विभिन्न सीपहरू सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको छ ।’


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया