महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिकमा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगञ्ज काठमाडौंमा अवस्थित काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टर प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात् महालक्ष्मी बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।
समग्रमा चिप बेस ट्राभल कार्ड, ई कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ७१ करोड ४२ लाख ८५ हजार तीन सय तीन सय ९६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ४० करोड ३६ लाख पाँच हजार ७७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब एक करोड आठ लाख ८३ हजार दुई सय ६९ रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ४१ अर्ब ७७ करोड ९५ लाख ९० हजार पाँच सय ९३ रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब आठ करोड ६८ लाख ५२ हजार नौ सय चार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३४ करोड ९८ लाख ५० हजार १५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ११ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ४५ करोड ८३ लाख चार हजार पाँच सय २८ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार नौ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख ७४ हजार तीन सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १६ करोड ७२ लाख ९९ हजार ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया