Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकास्की, जुम्ला, कैलाली र भोजपुरमा मेटलाइफको बीमा सचेतना कार्यक्रम

कास्की, जुम्ला, कैलाली र भोजपुरमा मेटलाइफको बीमा सचेतना कार्यक्रम


काठमाडौं । मेटलाइफले गतहप्ता छवटा ग्रामीण जिल्लाहरूमा जीवन बीमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको थियो, जसमा सहभागी छ सय जनाले विभिन्न बीमालेखका फाइदाहरूबारे जान्ने मौका पाएका थिए । नेपालगञ्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रमको सञ्चालन गरिएको थियो । यस विशेष बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मदत गर्दछ ।

जीवन बीमा उनीहरूका आपतकालीन समयको लागि एकदम महत्वपूर्ण छ किनभने यसले कुनै पनि अप्रत्याशित परिस्थितिहरू जस्तैः प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लागेको खण्डमा उनीहरूको परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । जीवन बीमा योजना प्राप्त गर्नाले मनिसहरूलाई दुर्भाग्यपूर्ण घटनापछि आफ्नो सामान्य जीवन पुनः सुरु गर्न मदत गर्दछ ।

मेटलाइफ नेपालको बारेमा : मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।

मेटलाइफको बारेमा : मेटलाइफ इन्कले आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई सहजरूपमा अघि बढ्न विभिन्न बीमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरूमध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी सहरहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, युुरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया