ग्लोबल स्मार्ट प्लसबाट किनमेल गर्दा आईफोन १३ जित्ने मौका
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैँको किनमेल गर्दा दुई जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ ।
असोज १ देखि महिनाभर चलेको यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिनेछ । यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर पाँच सय रुपैयाँ वा सोभन्दा बढीको क्यूआरमार्फत कम्तीमा छवटा भुक्तानी भएको हुनुपर्नेछ ।
बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालिसँगको सहकार्यमा ल्याएको हो । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ७७ वटै जिल्लामा दुई सय ९० वटा शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले दुई सय ७३ वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया