Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको एक सय ६४औं शाखा रोल्पाको माडीमा

एनएमबी बैंकको एक सय ६४औं शाखा रोल्पाको माडीमा


काठमाडौं, फागुन १८
एनएमबी बैंकले रोल्पाको माडीमा आफ्नो एक सय ६४औं शाखा सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबी बैंकले संयुक्तरूपमा बिहीबार माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुुन् । २४ वर्षदेखि ग्राहक सेवामा समर्पित एनएमबी बैंकले आफ्नो नवीनतम् सेवा तथा सुविधाहरूद्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना एक सय ६४ शाखा सञ्जाल, एक सय ३१ वटा एटीएमलगायत अन्य वैकल्पिक वितरण प्रणालीसमेतको माध्यमबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया