राष्ट्रिय वाणिज्य बैंकको ‘क्यासब्याक अफर’
काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशैं, तिहार, नेपाल संवत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाइन्ट अफ सेल (पस)को माध्यमबाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाप गर्दा क्यासब्याक हुने अफर ल्याएको छ ।
यो योजना आगामी २०७९ असोज १० गते देखि २०७९ कात्तिक १३ गतेसम्म लागू हुनेछ । देशभर विभिन्न व्यवसायहरूमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक हुनेछ । यसअन्तर्गत तीनदेखी पाँच पटकको कार्ड स्वामा पाँच प्रतिशत वा अधिकतम क्यासब्याक वा पाँच सय रुपैयाँ, छदेखि १० पटकको कार्ड स्वापमा १० प्रतिशत वा अधिकतम क्यासब्याक वा सात सय ५० रुपैयाँ र ११ देखि १५ पटकको कार्ड स्वापमा १५ प्रतिशत वा अधिकतम क्यासब्याक वा एक हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोबराबरको रकम क्यासब्याक हुनेछ ।
यसैगरी आगामी २०७९ असोज ७देखि १४ गतेसम्म र २०७९ कात्तिक दुईदेखि छ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा एक सय रुपैयाँमध्ये जुन कम हुन्छ सोही रकम क्यासब्याक हुनेछ । बैंकको हाल सातवटा प्रदेश, ७७ जिल्लामा दुई सय ६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया