Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंक अब ठिमी र कपनमा

सानिमा बैंक अब ठिमी र कपनमा


काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबार ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्तरुपमा गरेका हुन् ।

समुद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया