Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफ नेपालद्वारा बीमा सचेतना कार्यक्रमे आयोजना

मेटलाइफ नेपालद्वारा बीमा सचेतना कार्यक्रमे आयोजना


काठमाडौं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । शनिबार भएको यस ४ दशमलव ५ किलोमिटरको वाकाथनमा मेटलाइफका तीन सयभन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरूले सहभागिता जनाएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु रहेको थियो ।

मेटलाइफका सञ्चालन प्रमुख देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने ‘देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा नआएकाले बीमाबारे जानकारी प्रदान गर्न महत्वपूर्ण छ ।’ ५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको, मेटलाइफले हालै १० लाखभन्दा बढी मानिसहरूलाई जीवन बीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ । मेटलाइफले तीन अर्ब १६ करोडभन्दा बढी दाबीहरू भुक्तानी गरेको छ र ४५ हजारभन्दा बढी जनशक्ति विस्तार गरेको छ । यसका साथसाथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरूमार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौँ ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मदत गरेको छ । मेटलाइफ दिगो वृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ ।’

मेटलाइफ नेपालका बारेमा : मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया