सिद्धार्थ बैंकको एक करोड बीमा सुविधासहितको श्रीवृद्धि प्लस मुद्दती खाता
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा एक करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने नवीनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ । व्यक्तिगत ग्राहकवर्गहरूलाई लक्षित गरी ल्याइएको यो मुद्दती योजनाअन्तर्गत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ ।
बैंकका अनुसार यो मुद्दती योजनामा ग्राहकवर्गहरूले निक्षेप रकमको दुई गुणासम्मको प्रतिफल प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त, पहिलो वर्षको लागि निःशुल्क यूएनओ क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सकिनेछ । यो मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ । ग्राहकवर्गहरूले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरूबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले देशभर एक सय ९३ वटा शाखा (चारवटा एक्सटेन्सन् काउन्टरसहित), दुई सय १५ वटा एटीएम, एक सय १८ शाखारहित बैंकिङ सेवा र एक हजार आठ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया