काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ३०औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रूपमा विसं २०४९ साल पुस २२ गतेबाट विधिवत कारोबार शुभारम्भ गरेको फाइनान्सले आफ्नो ३०औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको हो ।
संस्थाले ३०औँ वार्षिक उत्सवको अवसर पारेर संस्थाको केन्द्रीय कार्यालयमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधान, संस्थाका सञ्चालकहरू दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्यलगायतको उपस्थिति रहेको कार्यक्रम नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, काठमाडौं रक्त सञ्चार शाखाको सहयोगमा संस्थाका कर्मचारी, संस्थाको केन्द्रीय कार्यालय रहेको भवन म्याक्स इन्टरनेसनलमा कार्यरत कर्मचारीहरू एवं संस्थाका शुभचिन्तकहरू समेत गरी जम्मा ३७ पोइन्ट रगत संकलन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले जानकारी गराए ।
साथै सो अवसरमा सञ्चालक दिप्रश शाक्यले संस्थाको केन्द्रीय कार्यालय तथा उपत्यकास्थित सम्पूर्ण शाखा कार्यालयका कर्मचारीहरूलाई संस्थाको ३०औँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
सोही अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विभिन्न शाखा कार्यालयहरूमध्ये हेटौडा शाखा कार्यालयले डिभाइन सर्भिस होम वल्डएज, हेटौडामा रहेको बृद्ध बुबाआमाहरूको लागि खाद्यान्न, सामग्री, ग्यास सिलिन्डरलगायतका उपभोग्य सामनहरू प्रदान गरेको छ भने, बनेपा शाखा कार्यालयले पनि बौद्ध बृद्धाश्रम, बनेपा –९, काभ्रेपलान्चोकमा विभिन्न खाद्यान्नका सामग्रीहरू प्रदान गरेको छ ।
त्यसैगरी संस्थाको मुर्गिया शाखा कार्यालयले कालिका प्राथमिक विद्यालय, सैनामैना, गैंडाकोट शाखा कार्यालयले भाग्यदय आधारभूत विद्यालय, गैंडाकोट, माछापुच्छ्रे शाखा कार्यालयले भुर्जङखोलास्थित श्रीकृष्ण महादेव आधारभूत स्कुल, धनुषाधाम शाखा कार्यालयले राष्ट्रिय प्राथमिक विद्यालय, मंगलपुर, तिलोत्तमा शाखा कार्यालयले हाम्रो सगरमाथा आधारभूत विद्यालय, शंकरनगर र पालुङटार शाखा कार्यालयले बिन्ध्याबासीनी आधारभूत विद्यालय, पालुङटार गरी छवटा शाखा कार्यालयले उल्लिखित विद्यालयहरूमा कपी, कलम, पेन्सिललगायतका शैक्षिक सामग्रीहरू वितरण गरेको व्यहोरा संस्थाले जानकारी गराएको छ ।
यसका साथसाथै संस्थाले ३०औँ वार्षिकउत्सवकै अवसरमा पुस २२ देखि १ महिनाको लागि संस्थाको मोबाइल बैंकिङ सेवा प्रयोग गरी पहिलो पटक टपअप सेवा उपयोग गर्ने ग्राहकलाई १० प्रतिशत नगद छुट/फिर्ता र टपअप सेवा उपयोग गर्ने सम्पूर्ण ग्राहकलाई २ प्रतिशत नगद फिर्ता गर्ने योजनाका साथै एक महिनाको अवधिमा सबैभन्दा बढी रकमको टपअप गर्ने एक जना ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने योजना र पुस २२ देखि १ महिनाको अवधिमा संस्थाको नयाँ क्युआर स्ट्याण्डी लिने मर्चेन्टलाई क्यूआर स्ट्याण्डी दर्ता शुल्कमा छुटका साथै सबैभन्दा बढी क्यूआर स्ट्याण्डी दर्ता गराउने पहिलो पाँच जना कर्मचारीलाई पुरस्कृत गर्ने योजना समेत सार्वजनिक गरेको जानकारी गराएको छ ।
संस्थाले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरू समेत गरी जम्मा १२ वटा शाखा कार्यालय र दुईवटा एक्सेन्टसन काउन्टरमार्फत आधुनिक बैंकिङ सेवाको साथै कनेक्ट आईपीएस, आईपीएस, डेबिट कार्ड, मोबाइल बैंकिङको माध्यमबाट आफ्ना सेवाहरू प्रदान गरिरहेको समेत जानकारी गराएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया