मेगा क्यापिटलको ‘मेगा इन्स्योर्ड पोर्टफोलियो’
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकवर्गलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परी आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आबद्ध गरी नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ ।
यो नयाँ सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकूल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै सेयर बजारमा हुने लागानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहनेछ । सबल तथा सुरक्षित भविष्यका लागि गरिने लगानीमा आकस्मिक पर्न आउने स्वास्थ्य समस्याले तय गरिएको रणनीति तथा योजनामा धक्का पार्ने हुनाले यस्ता प्रकारको आइपर्ने खर्चलाई बीमाद्वारा सुरक्षित गरेमा ढुक्कको साथ भविष्यका लागि लगानी रकम थप वृद्धि गरी अझै उज्ज्वल तथा समृद्ध भविष्य परिकल्पना गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
लगानीको आकारबमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमाअन्तर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ । उक्त सेवा न्यूनतम तीन लाख नगदबाट वा आफूसँग भएको उक्त रकमबराबारको सेयर दिएर समेत प्रारम्भ गर्न सकिनेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया