Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल

सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल


काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको यही माघ नौ गते बसेको २०१औँ बैठकले दाहाललाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरिएको हो ।

बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । विसं २००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घरभई हाल कामपा १४ मा बसोबास गर्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घरपरिवारलाई वित्तीय सेवामार्फत कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया