२१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १६ गते अर्थात् सोमबार पुनः २१ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही माघ १० गते पनि राष्ट्र बैंकले तीन अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति माघ १७ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ फागुन १६ गते, ९१ दिनेको २०८० वैशाख १९ गते, एक सय ८२ दिने अवधिको २०८० साउन १६ गते र तीन सय ६४ दिने अवधिको २०८० माघ १६ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार सो दिन बिक्री भएको उक्त ट्रेजरीमा छ अर्ब रुपैयाँबराबरको नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरणअन्तर्गतको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया