Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच सम्झौता


काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशका सातवटा विभिन्न पालिकाका युवाहरूलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी सात दिने तालिम कार्यक्रम सञ्चालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोही उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्झौताले युवाहरूमा उद्यमशीलता, रोजगारी तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात् बैंक, युवा परिषद् र पालिकाको त्रिपक्षीय सहकार्यबाट यो कार्यक्रम सञ्चालन हुने हुँदा कर्जाको सदुपयोगिता बढ्न गई उत्पादन तथा स्वरोजगारी सिर्जनामा सघाउ पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सहुलियतपूर्ण कर्जा प्रवाहकोे बारेमा प्रकाश पार्दै परिषद् र बैंकबीच लामो समयदेखि उद्यमशीलता विकासको लागि सहकार्य हुँदै आएको बताए ।

उक्त कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्मा, उपसचिव दिनेश घिमिरे, बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल विभागीय प्रमुखहरू आनन्द सुवेदी, ऋषभ भट्टराई, अच्युत गौतम र कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको हाल सातवटा प्रदेशअन्तर्गत ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया