Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयरबजारमा लघुवित्तसम्बन्धी एकीकृत निर्देशन संशोधनको प्रभाव

सेयरबजारमा लघुवित्तसम्बन्धी एकीकृत निर्देशन संशोधनको प्रभाव


काठमाडौं, नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्तसम्बन्धी एकीकृत निर्देशन, २०७८ मा गरेको संशोधनको प्रभाव सेयर बजारमा देखिएको छ । संशोधनमार्फत राष्ट्र बैंकले लघुवित्तको सञ्चालनसम्बन्धी व्यवस्थामा कडाइ गरेको छ । उक्त कडाइसँगै अघिल्लो दिन ३३ दशमलव ५७ अंंकले उकालो लागेको सेयर बजार परिसूचक साताको अन्तिम कारोबार दिन ५७ दशमलव ७४ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९८ अंकले ओरालो लागेर तीन सय ८४ दशमलव ३६ विन्दुमा झरेको छ । यस दिन सबै किसिमका गरी दुई सय ६० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४८ हजार एक सय पाँच पटकको कारोबारमा ६३ लाख २६ हजार एक सय पाँच कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल कारोबार रकम दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक ओरालो लागेर सेयरबजार पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २४ दशमलव २२ अंकले ओरालो लागेर १३ सय ३४ दशमलव ५१ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि ५३ दशमलव नौ अंकले ओरालो लागेर तीन हजार त सय ३७ दशमलव १३ विन्दुमा झरेको छ । यसैगरी फाइनान्स उपसमूहको सूचक पनि ४२ दशमलव ७८ अंकले ओरालो लागेर १६ सय ९९ दशमलव ७० विन्दुमा झरेकोमा जलविद्युत् उपसमूहको सूचक पनि ५८ दशमलव सात अंकले ओरालो लागेर २५ सय ५६ दशमलव ४६ विन्दुमा झरेको छ ।

यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि दुई सय १८ दशमलव ७० अंकले ओरालो लागेर १० हजार दुई सय चार दशमलव ४४ विन्दुमा झरेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय ९८ दशमलव ९२ अंकले ओरालो लागेर आठ हजार आठ सय ७८ दशमलव ३३ विन्दुमा झरेको छ । यीबाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र टे«डिङ उपसमूहहरुको सूचक पनि क्रमशः ९८ दशमलव ३२, एक दशमलव १२, एक सय दुई दशमलव ३१, चार सय १२ दशमलव दुई, शून्य दशमलव २६, ३० दशमलव ४१ र ४५ दशमलव २१ विन्दुले ओरालो लागेका छन् ।

यस दिन बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नेपाल हाइड्रो डेभलपर लिमिटेडको सेयर मूल्य चार दशमलव ८२ प्रतिशतले बढेर चार सय १३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको सामलिङ पावर कम्पनीको सेयर मूल्य पनि चार दशमलव ७७ प्रतिशतले बढेर पाँच सय तीन रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक सिद्धार्थ लगानी वृद्धि योजना २, प्रभु बैंकको ऋणपत्र २०८४ आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको छिमेक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर एक हजार ५४ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको डिप्रोस्क लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतले घटेर आठ सय १९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको छिमेक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता एक हजार ५४ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा आठ करोड ७० लाख ७३ हजार ३२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको पनि प्रतिकित्ता आठ सय १४ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ९६ लाख ४१ हजार पाँच सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ । यीबाहेक हिमालयन डिष्टिलरी प्रालि, साना किसान विकास लघुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया