Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु स्मार्ट फन्डको बिक्री खुला

प्रभु स्मार्ट फन्डको बिक्री खुला

१० वर्षको अवधिमा दुई सय ५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य


काठमाडौं । प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत दोस्रो योजना प्रभु स्मार्ट फन्डको बिक्री खुला भएको छ । यही फाल्गुण १८ गते बिहीबारदेखि प्रभु स्मार्ट फन्डको बिक्री खुला भएको हो । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले प्रतिइकाई १० रूपैयाँ अंकित दरमा ८० करोडबराबरको आठ करोड इकाइ जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमुखी योजना हो । यस योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात् यो एक इक्विटी ओरिएन्डेड योजना हो ।

निष्काशित कुल आठ करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले एक करोड १२ लाख इकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले आठ लाख इकाइ गरी कुल एक करोड २० लाख इकाइ सुरक्षित गरिएको छ । बाँकी छ करोड ८० लाख इकाइका लागि सर्वसाधरणले फागुन १८ गतेबाट आवेदन दिन सक्नेछन् । फन्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा फाल्गुण २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत्र ०३ गतेसम्म इकाइ बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

नेपालको सेयरबजारमा धेरै सेक्टरका सेयरहरू सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यावसायिक वृद्धिदर उच्च रहेको, नियमितरूपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सबल भएको कम्पनीहरू छनोट गरी तीमध्ये उत्कृष्ट कम्पनीहरूको सेयरमा लगानी गरी नियमित खरिदबिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु स्मार्ट फन्ड राखिएको छ ।

प्रभु स्मार्ट फन्ड कस्तो योजना हो ? प्रभु स्मार्ट फन्ड एउटा इक्विटी लक्षित बन्दमुखी सामूहिक लगानी योजना हो । प्रभु स्मार्ट फन्डको अवधि १० वर्षको रहेको छ । फन्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तीय औजार अर्थात् फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ । फन्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब दुई सय ५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ । यसका लागि हामीले बजारमा हुने उतारचढावलाई अवसरको रूपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फन्डका युनिट होल्डरहरूलाई उच्चतम प्रतिफल दिने प्रयास गर्नेछौँ । हामीले बजारमा रहेका उत्कृष्ट स्टकहरूलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्छाैँ ।

यो फन्डको उद्देश्य के हो ? सर्वप्रथम त योजनाअन्तर्गत छरिएर रहेका स–साना बचतहरूलाई संकलन गरी लगानीमा रूपान्तरण गर्ने कार्य यो योजनाले गर्नेछ । त्यसपछि योजनाको इकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामुहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरूमा लगानी गरी आवेदकहरूलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु-याउने ढंगबाट आफ्ना कार्यहरूलाई अगाडि बढाउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया