Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंकद्वारा डिजिटल बैकिङलाई प्रोत्साहन

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डिजिटल बैकिङलाई प्रोत्साहन


काठमाडौं, चैत १३
सांग्रिला डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गरेको छ । सरकारले देशभर लक डाउन गरेको अवस्थामा बैंकले ग्राहकहरूलाई विद्युतीय बैंकिङ सेवाहरू प्रयोग गर्न प्रोत्साहन गरेको हो । बैंकले प्रदान गरेको उक्त सेवाको जानकारी लिन ग्राहकले बैंकको विभिन्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् । साथै, उक्त सेवामा केही अप्ठ्यारो परेमा विभिन्न क्षेत्रका ग्राहकले बैंकले व्यवस्था गरेको क्वीक रेस्पोन्स टिमका प्रतिनिधिहरूलाई सम्पन्न गर्नसक्ने जानकारी दिएको छ ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १९ करोड १३ लाख ६७ हजार चार सय ७६ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने १३ करोड ११ लाख ५१ हजार रूपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १९ करोड १० लाख ९७ लाख ६३ हजार रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी दुुई अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २३ अर्ब ५२ करोड ९१ लाख २७ हजार तीन सय ४१ रूपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २७ करोड ११ लाख ८६ हजार छ सय ६४ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५४ करोड ५९ लाख १६ हजार एक सय ९६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले १९ अर्ब ४२ करोड ३८ लाख ३३ हजार चार सय ४८ रूपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६५ लाख ७५ हजार सात सय २० रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४७ करोड ४८ लाख ७० हजार नौ रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया