मर्जरसम्बन्धी निर्णय गर्न युनाइटेड र अजोड इन्स्योरेन्सले बोलाए विशेष साधारणसभा
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले एक–आपसमा गाभ्ने/गाभिनेसम्बन्धी अन्तिम निर्णय गर्नका लागि वैशाख २५ गते विशेष साधारणसभा डाकेका छन् ।
युनाइटेड इन्स्योरेन्सले काठमाडौं शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजे र अजोड इन्स्योरेन्सले युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा बिहान ११ बजेका लागि विशेष साधारणसभा बोलाएका हुन् ।
दुवै साधारणसभाले मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्नेगरी मर्जरका लागि सम्पूर्ण कार्य पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गर्नेछन् ।
अजेड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स ८२ दशमलव ५० बराबर एक
सय सेयर स्वाप अनुपातमा मर्जरमा जाने भएका हुन् । विशेष साधारणसभाका लागि अजोड इन्स्योरेन्सले वैशाख १२ गते र युनाइटेड इन्स्योरेन्सले वैशाख १३ गते सेयरधनी किताब बन्द गर्ने भएका छन् । त्यसको एक दिनअघिसम्म कायम सेयरधनीले विशेष साधारणसभामा सहभागी हुन पाउनेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 9
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया