नेपाल लाइफद्वारा ६४ लाख २५ हजार रुपैयाँको दाबी भुक्तानी
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँको दाबी भुक्तानी गरेको जानकारी दिएको छ । टीकापुर नगरपालिका वडा नं १ कैलाली घर भएका बीमित नरबहादुर साउदको मिति २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रमका बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानुदेवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो जीवनकालमा नरबहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि टीकापुर शाखा कार्यालयबाट विसं २०७५ भदौ १३ गते ५० लाख रुपैयाँ बीमांक भएको जीवन बीमा योजना लिएका थिए । बीमांकबापतको रकमअन्तर्गत ५० लाख रुपैयाँ र बोनसबापत १४ लाख २५ हजार रुपैयाँसमेत गरी कुल ६४ लाख २५ हजार रुपैयाँ इच्छाइएको व्यक्ति (श्रीमती)लाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
कागजात प्राप्त भएको पाँच दिनभित्र नै कम्पनीले भुक्तानी गरेको हो । दाबी प्रक्रियालाई चुस्त÷दुरुस्त, बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया