काठमाडौं ।
महामारीको भयावहता जति बढ्दै गइरहेको छ त्यसको रोकथाम र सुरक्षात्मक उपायमा बन्दाबन्दी गरिदिनुबाहेक सरकारले आफ्नो उपस्थिति देखाएको जस्तो पनि महसुस गर्न पाइएको छैन । अरु वर्ग आफ्नो ठाउँमा छ, स्वयम उपचारमा खाटिएका चिकित्सकहरूले नै नागरिकको जीवन जोगाउने सन्दर्भमा आफूले होस्टेमा हैँसे नै नपाएको गुनासो गरिरहेका छन् ।
यो गुनासो लिखितरूपमा नै देखिन थालेको छ । यो भनेको सरकारले गर्नुपर्ने काम नगरेको भन्ने हो । त्यसैले होला चिकित्सकहरूको संघको प्रश्न छ– राज्य सञ्चालनको जिम्मा लिएकाहरूले के आफ्नो काम गरिरहेका छन ? उनीहरूलाई लाग्यो राज्यले गर्नुपर्ने काम गरेन । यही हो महामारीमा राज्यबाट नागरिकले त सहयोग पाएनन् नै नागरिकलाई सहयोग गर्ने वर्गले पनि सहयोग पाएनन । यहाँ राज्यसञ्चालकहरू आफ्नो कर्तव्य निर्वाहबाट चुकेको प्रस्ट हुन्छ ।
अक्सिजनको अभावमा आफ्नो आँखाअगाडि कोरोना संक्रमित बिरामीहरूको धमाधम ज्यान गइरहेको दृश्यलाई उपचारमा खटिएका चिकित्सकहरूले सहन नसकेर वक्तव्य नै निकाले । नेपाल चिकित्सक संघले हालै अपिल गर्दै राज्यको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज एवं सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गरिएको चिकित्सकको यो अपिलको व्यहोराले नै भन्छ– यतिबेला राज्यका जिम्मेवार ठाउँमा रहेकाहरू महामारीप्रति एकप्रकारले बेखबर रहेका भन्ने उनीहरूको बुझाइ छ ।
अपिलमा भनिएको छ– स्वास्थ्य मन्त्रालयको २०७८ वैशाख २८ गतेको विवरणअनुसार कोभिड–१९ बाट एकै दिन नौ हजार चार सय ८३ जनामा संक्रमण पुष्टि भयो, दुई सय २५ जनाको मृत्यु भयो । सक्रिय संक्रमित ९७ हजार आठ जना छन् भने एक हजार तीन सय ७४ जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।
यो संख्या दैनिक द्रुत गतिमा बढेको छ, हाम्रो स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको छ, अस्पताल आउन नपाएका, आएकालाई फर्काउनुपरेका, बचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिन्डर अक्सिजन नपाएर आफ्नै आँखाअगाडि मर्नुपरेको परिवारले प्राण जोगाइदिन गरेको अनुनयविनय, अक्सिजन र शय्या भन्दै गरेको हारगुहारको हृदयविदारक दृश्यले हाम्रो भोक, निद्रा सबै लगेको छ, यी सबै अस्पतालको प्राङ्गणमा भएका दृश्य हुन्, जुन देख्न हामी विवश छौँ ।
चिकित्सकको आक्रोस त्यसबेला झन् आगो भएर दन्कन थालेको देखिन्छ, जो सिङ्गो राज्य नै हप्तौँसम्म राजनीतिकबाहेक अरु दृश्य जन्माउँदैन । उनीहरू भन्छन्, जब हामी सामाजिक सञ्जाल र समाचारहरू हेर्छौँ, तब जनताका यी पीडा र वेदनाभन्दा अन्य विषय प्राथमिकतामा छन् । मानौँ अस्पतालका ती हृदयविदारक दृश्य अर्कै लोकका हुन्, अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ, प्रश्न गर्न मन लाग्छ, के नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको जीवनभन्दा ठूलो अरू केही हुनसक्छ ? यी भावनाका शब्द वा प्रश्न होलान् तर जुन काम युद्धस्तरमा गरेर राज्यका सम्पूर्ण साधनस्रोत खर्चिनुपर्ने हो ।
यता राज्यसञ्चालकहरू आफ्नो सत्ताको हिसाबकिताबमा मात्रै मख्ख रहेको देखिनु आफैँमा आपत्तिजनक हो । यतिबेला राज्य सञ्चालनको जिम्मा लिएकाहरूले के आफ्नो काम गरिरहेका छन् ? भन्ने चिकित्सकका सामूहिक प्रश्नको उत्तर दिनुपर्छ । अहिले उनीहरूको एउटै आग्रह छ, यतिबेला अन्य प्राथमिकतालाई स्थगित गरिदिएर जनताको जीवन जोगाउन, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने काम होस् । यो नाजायज र पूरा हुनै नसक्ने माग होइन । समयमै सम्बोधन होस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया