अर्थतन्त्रलाई सहज मान्ने ठोस आधार के ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार राजधानीको एकतारे होटलमा पत्रकार सम्मेलन गरेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो आठ महिना अर्थात् फागुन मसान्तसम्मको प्रतिवेदन सार्वजनिक गरे । प्रतिवेदन सार्वजनिक गर्ने क्रममा गभर्नर अधिकारीले बारम्बार भने अर्थतन्त्रको समग्र सूचकहरू निकै राम्रा रहेका छन् । शोधनान्तर स्थिति बचतको रहेको छ, वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकम बढेको छ । निर्यातमा पनि सुधार देखिएको छ । आयातमा कमी आएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । गभर्नर अधिकारीको भाषामा अर्थतन्त्रलाई सहज मान्ने आधारहरू यिनै हुन् ।
राष्ट्र बैंकभन्दा अर्थात् भनौँ राष्ट्र बैंकको त्यो तथ्यांकभन्दा बाहिर निस्किएर हेर्दा देशको अर्थतन्त्र नाजुक रहेको छ । गभर्नर अधिकारीले भनेजस्तो आर्थिक सूचकहरू राम्रा देखिएको भए सायद अर्थतन्त्र बलियो हुनेथियो । तथ्य र तथ्यांकबीच तालमेल हुनेथियो । अहिले बजारमा मूल्यवृद्धि उच्च छ । आम्दानी र उपभोग्य वस्तु तथा सेवाको मूल्यबीच आकाश–जमिनको फरक छ । बजारमा कुनै पनि वस्तु तथा सेवाको मूल्य छोईनसक्नु रहेको छ । आम नागरिकको दैनिक जीवन निकै नै कष्टकर बन्दै गएको छ । हुनेखानेको लागि अहिले अर्थतन्त्रले खासै असर नगर्ला तर हुँदाखाने वर्गहरूको लागि यो अर्थतन्त्रले निकै नै समस्या उत्पन्न गराएको छ । ती नागरिकको भातभान्सा निकै महंगो भएको छ । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋण लिएका नागरिकहरू ब्याज मिनाहा गरीपाऊँ भन्दै सडक आन्दोलन गरिरहेका छन् । उद्योगी व्यवसायीहरू बैंकको ब्याज चर्को भएको भन्दै बैंकहरूविरुद्ध आन्दोलन गरिरहेका छन् । सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । सेयरबजार ओरालो लाग्दा लगानीकर्ताहरूले खर्बौँ रुपैयाँ गुमाइसकेका छन् ।
अर्थतन्त्रमा देखिएको मन्दीकै कारण हुन सक्छ । बजारमा पैसा छैन, पैसा हराएको छ । मुख्य व्यापारिक केन्द्र अर्थात् न्युरोड, विशाल बजारलगायतका ठाउँमा सटरहरू खाली हुने क्रम बढेको छ । देशमा रोजगारीको चरम अभाव हुँदा केही पैसाको जोहो गरी घरबार चलाउन खाडी जानेहरूको भीडभाड त्रिभुवन विमानस्थलमा निकै उच्च छ । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा वैदेशिक व्यापारघाटा बढ्दै गएको छ । यो अवस्थामा गभर्नर अधिकारीले भनेजस्तो कसरी अर्थतन्त्रलाई सहज मान्न सकिन्छ । के गभर्नर अधिकारीलाई भनेका अर्थतन्त्रलाई सहज मान्ने सूचकहरू यिनै हुन् । यदि होइन भने तथ्य र तथ्यांकको बीचमा किन तालमेल हुँदैन ? अर्थतन्त्रलाई राम्रो मानिँदै गर्दा आम नागरिकको दैनिक जीवन किन यतिधेरै कष्टकर बन्दै गएको छ ? तथ्य र तथ्यांकबीचको यो दरारलाई राष्ट्र बैंकले बुझ्नु पर्छ । तथ्यांक मात्र केलाएर बस्दा मुलुकको वास्तविक अर्थतन्त्र आम नागरिकको दैनिक जीवन कतातिर जाँदै छ ?, अर्थतन्त्रले आम नागरिकको दैनिक जीवनमा उल्टो वा सुल्टो कस्तो प्रभाव पारेको छ ? त्यसको बारेमा पनि राष्ट्र बैंकले बुझ्नु पर्छ । तथ्यांक मात्र केलाएर सबै कुरा राम्रो छ भनेर भन्नुअघि राष्ट्र बैंकले मुलुकको वास्तविक बजार पनि बुझ्न जरुरी छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया