Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीन र स्विट्जरल्याण्ड एफटीए स्तरवृद्धि गर्न सहमत

चीन र स्विट्जरल्याण्ड एफटीए स्तरवृद्धि गर्न सहमत


बर्न । चीन र स्वीट्जरल्याण्डले चीन–स्वीजरल्याण्ड स्वतन्त्र व्यापार सम्झौता (एफटीए)को स्तरोन्नति गर्ने संयुक्त सम्भाव्यता अध्ययन पूरा गरेका छन् । औपचारिकरूपमा एफटीए स्तरवृद्धि वार्ताको प्रारम्भिक सुरुवातलाई समर्थन गर्न सहमत सोमबार भएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङ र स्वीस कन्फेडेरेसनका अध्यक्ष भियोला एमहेर्डबीचको वार्तामा उक्त सहमतिको घोषणा गरिएको हो । दुई पक्षले यसै वर्षभित्र चीन–स्विजरल्याण्डको विदेशमन्त्रीस्तरको रणनीतिक वार्ताको नयाँ चरण, वित्त र ऊर्जासम्बन्धी कार्यदलको बैठक, शिक्षा नीति वार्ता र संयुक्त राष्ट्र सुरक्षा परिषद्का विषयमा परामर्श गर्ने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया