Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपूर्वमालिकविरुद्ध म्याकडोनाल्डले हाल्यो मुद्दा

पूर्वमालिकविरुद्ध म्याकडोनाल्डले हाल्यो मुद्दा


लन्डन, साउन २७
चर्चित कम्पनी म्याकडोनाल्डले आफ्नै पूर्वमालिकविरुद्ध मुद्दा दायर गरेको छ । पूर्वप्रमुख कार्यकारी स्टिभ एस्टरबुकविरुद्ध कर्मचारीसँग यौनिक सम्बन्ध राखेको भन्दै मुद्दा दायर गरेको बीबीसीले जनाएको छ । कम्पनीले गत वर्ष उनलाई निकालेको थियो । उनले कर्मचारीसँग यौनिक सम्बन्ध राखेको खुलेपछि कम्पनीले कारबाही गरेको थियो ।

तर पछि अनुसन्धान गर्दा उनले बोर्डमा सम्बन्धबारे ढाँटेको र सूचना लुकाएको तथा अरु तीन जनासँग पनि सोही प्रकारको सम्बन्ध रहेको खुलेपछि कम्पनीले ४ करोड अमेरिकी डलरबराबरको मुद्दा दायर गरेको हो । म्याकडोनाल्ड फास्टफुड कम्पनी हो । उसले नियामक निकायमा गरेको उजुरीमा अनुसन्धानको क्रममा अरु सूचना मिलेपछि अरु कदम चाल्न बाध्य भएको जनाइएको छ ।

उजुरीमा भनिएको छ, ‘एस्टरबुकबारे थप अनुसन्धान गरेपछि उनले सूचना नष्ट गरेको र बोर्डलाई कर्मचारीसँगको सम्बन्धबारे ढाँटेको तथा थप तीन जनासँग शारीरिक सम्बन्ध राखेको हुँदा यो कार्य हाम्रो कम्पनीको नीतिविरुद्ध छ ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया