चीन, दक्षिण कोरिया र जापानले अर्को दशकमा गहिरो सहकार्य गर्ने
छेन्दु (चीन), पुस ९
पूर्वी एसियाली देशहरु चीन, जापान र दक्षिण कोरियाले त्रिदेशीय सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । धेरै क्षेत्रमा गहिरो सहकार्य गर्न भन्दै तीनवटै देशले अर्को दशकका लागि मंगलबार ‘ट्राइल्याटरल कोअपरेसन भिजन’ समेत सार्वजनिक गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
दक्षिण पश्चिम चीनको छेन्दु सहरमा जारी आठौँ चीन–जापान–दक्षिण कोरियास्तरीय नेताहरुको बैठकमा सहभागी हुँदै चिनियाँ प्रधानमन्त्री लि किक्वियाङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र जापानी प्रधानमन्त्री शिन्जो आबेले उक्त प्रतिबद्धता जनाएका हुन् । उक्त तीन देशबीचको सहकार्यको यो २०औँ वर्षगाँठ समेत हो । उक्त अवसरमा चिनियाँ प्रधानमन्त्री लीले जापान र दक्षिण कोरिया चीनको महत्वपूर्ण विकास साझेदार भएको बताए । सहकार्यका माध्यमबाट तीनै देशले जित–जितको नतिजा प्राप्तिमा प्रतिबद्ध रहेको लीको भनाइ थियो । उनले त्रिदेशीय गहिरो सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
उनले तीन देशले रणनैतिक उचाइदेखि दीर्घकालीन हितबाट सोचेर सहकार्य गर्नुपर्ने बताएका थिए । त्यस्तै उनले तीन देशका बीच अर्को वर्ष क्षेत्रीय सार्थक आर्थिक साझेदारीमा हस्ताक्षर गरी स्वतन्त्र व्यापार सम्झौतालाई बढावा दिन आग्रह गरेका थिए । तीनवटै देश एसियाका उच्च विकसित देश हुन् ।
चीनको सिन्जियाङमा ७५ हजार रोजगारी सृजना
बेइजिङ, चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने उयगुर स्वशासीत क्षेत्रमा गत एघार महिनामा गरिबी रेखामुनि परेका लागि ७५ हजार रोजगारी सृजना भएको छ ।स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०१९ का सुरुका ११ महिनामा त्यति रोजगारी सृजना भएको हो । गत नोभेम्बरको अन्त्यसम्मको विवरणमा कुल ७५ हजार नौ सय ३३ रोजगारी सृजना भएको उल्लेख गरिएको छ । दक्षिणी सिन्जियाङका गरिबीबाट प्रभावित २२ ठाउँका गरिब समुदायका व्यक्तिहरुका लागि ती रोजगारीहरु सृजना गरिएका हुन् ।
जनशक्ति र सामाजिक सुरक्षा सम्वन्धी क्षेत्रीय विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार सिङजीयाङले सृङ्खलाबद्ध रुपमा सीप विकाससम्बन्धी निःशुल्क तालिमहरु सञ्चालन गरेको थियो । सीप विकास सम्वन्धी तालिम तथा कार्यक्रमहरु झण्डै एक लाख ८० हजार जना स्थानीय गरिब समुदायका व्यक्तिहरुका लागि सञ्चालन गरिएको थियो । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया