कोरोना असर : डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने
क्यालिफेर्निया ।
मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ । कोरोनाभाइरसको महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नुपरेको जनाएको छ ।
शारीरिक दूरीका नियमहरुका कारण डिज्नेका मनोरञ्जन स्थलहरु नराम्रोसँग प्रभावित रहेको जनाउँदै डिज्नेले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमणबाट तत्काल उन्मुक्ति प्राप्त हुने अवस्था पनि नभएकाले बाध्य भएर कर्मचारी हटाउनु परेको उल्लेख छ । डिज्ने पार्कका अध्यक्ष जस डिअमारोले डिज्नेका लागि कर्मचारी कटौती नै एक मात्र सम्भाव्य विकल्प रहेको पनि बताउनुभयो ।
क्यालिफोर्निया र फ्लोरिडामा मात्र कोरोना संक्रमण हुनुअघि डिज्नेका पार्कहरुमा झण्डै एक लाख १० हजार कर्मचारी कार्यरत थिए । अब यी पार्कमा करिब ८२ हजार मात्र व्यक्तिले मात्र रोजगारी पाउनेछन् । गत जुलाईको मध्यमा वाल्ट डिज्ने वल्र्डले फ्लोरिडाका पार्कहरु आंशिक रुपमा खोलेको थियो । तर कोरोनाभाइरसको त्रासका कारण सीमित संख्यामा मात्र मानिसहरु पार्कमा आएका थिए ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीबाट अमेरिकामा अहिले पनि सर्वाधिक असर परेको छ । यहाँ दुई लाख पाँच हजार सात सय ७४ जनाको मृत्यु भइसकेको छ भने ७१ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया