Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाको उत्पादकत्व मूल्य सूचकांक ७.७ प्रतिशतले बढ्यो

श्रीलंकाको उत्पादकत्व मूल्य सूचकांक ७.७ प्रतिशतले बढ्यो


कोलम्बो ।
श्रीलंकाको उत्पादकत्व मूल्य सूचकांक (पीपीआई) अगस्ट महिनामा ७.७ प्रतिशतले उकालो लागेको त्यहाँको डिपार्टमेन्ट अफ सेन्सस एन्ड स्टाटिस्टिक्सले बिहीबार जनाएको छ । पीपीआईले सेवा र वस्तुका उत्पादकहरुले पाउने मूल्यमा हुने परिवर्तनलाई मापन गर्छ । अगस्टमा यो सूचकांक १४४.५ अंकमाा उभिएको छ । गत वर्षको यही समयमा उक्त सूचकांक १३४.२ मा रहेको थियो ।

कृषि क्षेत्रको पीपीआई २४.९ प्रतिशतले बढेको छ भने उत्पादन र ऊर्जा तथा सिँचाइतर्फ क्रमशः ५.१ र ८.३ प्रतिशतले बढेको छ । त्यस्तै बाली उत्पादन र पशुपालन क्षेत्रको गतिविधितर्फ पीपीआई क्रमशः २५.७ र ९.५ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनतर्फ रबर र प्लाष्टिक उत्पादन, पहिरन र भुवा, खाद्य र पेय क्षेत्रको गतिविधि क्रमशः १०.६, १०.५ र १०.३ प्रतिशतले बढेको छ । त्यस्तै विद्युत वितरणतर्फको पीपीआई पनि १० प्रतिशतले बढेको छ । त्यस्तै पानी वितरणलगायतको ५.२ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया